सुनसरी |भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका–३ मा जंगली च्याउ खाँदा आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् ।
आशकुमार सँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् । उनीहरुले गत जेठ २१ गते बिहान र साँझ जंगली च्याउको तरकारी खाएका थिए ।उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।-साङ्केतिक तस्बिर