इटहरी: इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था थप दुई दिन विदा दिने निर्णय गरेको छ ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ७ र ८ गते विदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
उप महानगरपालिका क्षेत्रभित्र संचालित निजी तथा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पौडेलले बताए ।