देशकोशी प्रदेशएक्सपर्ट एजुकेसनको कोशी प्रदेशको चौथो शाखा धरानमा खुल्यो

एक्सपर्ट एजुकेसनको कोशी प्रदेशको चौथो शाखा धरानमा खुल्यो

धरान: एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले कोशी प्रदेशको चौथो शाखा धरानमा सुरूवात गरेको छ । नेपालकै लोकप्रिय शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले धरानको पुतली लाइनमा २० औं शाखा सञ्चालनमा ल्याएको हो ।

सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा उच्च शिक्षा अध्ययनमा सहजिकरण गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको संस्थाका डाइरेक्टर प्रसन्न दाहालले बताए । धरान पूर्वी नेपालको शैक्षिक र बसोबासको हबका रूपमा विकसित भएकोले वैदेशिक शिक्षाका लगि गुणस्तरीय एवं विश्वासिलो शैक्षिक परामर्श सेवा प्रदान गर्न एक्सपर्टको शाखा कार्यालय स्थापना भएको धरान, इटहरी तथा विराटनगर प्रमुख कमल तिमल्सिनाले बताए ।

यसअघि इटहरी, विराटनगर तथा बिर्तामोडमा एक्सपर्टका शाखा सञ्चालनमा छन् । यो प्रदेशको चौथो शाखा भएको छ ।

एक्सपर्टले अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीसँग सहकार्य रहेको दुई दशकदेखि विश्वका १६ देशका ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको आएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img