Friday, January 17, 2025
देशकोशी प्रदेशइटहरीमा नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउने दुई युवक पक्राउ

इटहरीमा नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउने दुई युवक पक्राउ

इटहरी: इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई आतङ्कित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ मा पेस्तोल देखाएर सार्वजनिक बसहरूमा चढेर आतङ्कित पार्ने धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ बस्ने ३० वर्षीय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय शिरीष बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूले लामो समयदेखि नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउँदै आएको खुलेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले बताए । पक्राउ परेकाहरूको साथबाट एक थान नक्कली लाइटर पेस्तोलसमेत बरामद गरिएको डीएसपी कार्कीले बताए । पक्राउ परेका शेर्पा तरकारी व्यापारी रहेको र बोहरा रिकण्डिसन सञ्चालक रहेको खुलेको छ ।

पक्राउ परेका दुवैजनाविरुद्व आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img