Thursday, December 12, 2024
शिक्षाटेम्केमैयुङ ४ को सारदा प्राथमिक विद्यालयको ६३ औँ जन्मजयन्ती तथा हिरक महोत्सव...

टेम्केमैयुङ ४ को सारदा प्राथमिक विद्यालयको ६३ औँ जन्मजयन्ती तथा हिरक महोत्सव सम्पन्न

भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ खोङटाङमा सारदा प्राथमिक विद्यालयको ६३ औँ जन्मजयन्ती तथा हिरक महोत्सव सम्पन्न भएको छ । विद्यालय स्थापना भएको ६३ वर्षको पुगेको अवसरमा हिरक महोत्सव आयोजना गरिएको थियोे ।

हिरक महोत्सवको अवसरमा विद्यालय स्थापनामा योगदान गर्ने दान बहादुर राई र पूर्णबहादुर राईको परिवारलाई सम्मान गरिएको छ । जन्म जयन्ती तथा हिरक महोत्सवको अवसरमा विद्यालयमा दाताहरुले रु.तीन लाख ६२ हजारको अक्षय कोष स्थापना गरिदिएका छन् । मखान सिंह राई, ढाकामान राई, जसबहादुर राई, प्रजबहादुर राई, राधा राई, कालीबहादुर राई,जंगबहादुर राई,दशरथ राई र कृष्ण राईको स्मृतिमा संस्थाकी प्रमुख संरक्षक सोभा राईले अक्षय कोषको रकम सारदा प्राविका प्रधानाध्यापक प्रेमकुमार राईलाई हस्तान्तरण गरेका थिए ।

कोषको लागि प्रज बहादुर राई, गंगाबहादुर र कृष्ण राईको परिवारबाट दुई लाख ६२ हजार र सोभा राईबाट रु. एक लाख गरि तीन लाख ६२ हजार रकम बराबरको कोषको स्थापना गरिएको संस्थाका संरक्षक धर्मराज राईले जानकारी दिए ।

अक्षय कोषको व्याजबाट आएको रकमले कक्षा १ देखी ५ सम्मका प्रमथ, द्धितिय हुने विद्यार्थीलाई आर्थिक वर्ष २०८१/८२ को शैक्षिक सत्रबाट पुरस्कृत गरिने जनाएको छ । अक्षष कोष सञ्चालन तथा आवश्यक मापदण्ड तयार गर्न शिवकुमार राईको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ ।

समिति सदस्यहरुमा मौसम राई, विजय कुमार राई, निमाहाङ राई, किरण वान्तावा, सिमा राई, गान्धीराज राई, लक्ष्मीप्रसाद राई, नानु राई, कविराज राई, कृष्णा राई, रुकेश राई र शुक्रा राई रहेका छन त्यस्तै चार सदस्य संरक्षक समिति र पाँच सदस्य सल्लाहकार समितिसमेत गठन गरिएको छ ।

संरक्षक समितिमा सोभा राई, रामकुमारी राई, मिना राई र हर्कमाया राई रहनु भएको छ । त्यस्तै सल्लाहाकार समितिमा पारु राई, नाराणप्रसाद राई, ज्ञान बहादुर राई, धर्मराज राई र मनिकुमार राई रहेका छन् ।

राष्ट्रिय सभा सदस्य जयन्ती राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मुख्य मन्त्री राजेन्द्र कुमार राई, गाउँपालिका अध्यक्ष सरोज बस्नेत र माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काङमाङ, गाउँपालिका उपाध्यक्ष रमादेवी राई, वडा नं ४ का वडाध्यक्ष हर्कराज राई वडा नं ३ का वडाध्यक्ष पूर्णप्रसाद राई लगायतको उपस्थिति रहेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img