Saturday, December 7, 2024
खेल समाचारप्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवको पोल्टोमा

प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवको पोल्टोमा

भोजपुर: भोजपुरको पैवादुङ्मा गाउँपालिकामा भएको प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवले उचालेको छ ।

देउराली फुटवल क्लवले आम्तेक–११, लाई ३–२ गोल अन्तरले हराउँदै देउरालीले उपाधी हात पारेको हो । क्लवले उपाधि संगै नगत ३ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरेका थिए भने अर्को एक गोल सुवास तामाङले थपे पछि देउरालीले उपाधि उचाल्न सफल भएको हो ।

उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बुले गरेका थिए । यस्तै देउराली फुटवल क्लवसंग पराजित तथा पौवादुङमा गोल्ड कपको उप विजेता आम्तेक–११ ले नगत २ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

माघ १ गतेबाट शुरु भएको प्रतियोगितामा १६ ओटा टिमले सहभागिता जनाएका थिए । यस्तै खेलमा देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच घोसित भए भने उत्कृष्ट खेलाडी देउराली कै बिबेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बु, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक ११ का निशान लिम्बुले पाप्त गरेका छन् ।

विजेता तथा उपविजेता बन्ने समुहलाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शारिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रमको प्रमुख अतिथि षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास, विशेष अतिथिहरु हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राई, समाजसेवी प्रेम खत्री लगाएत स्थानीय राजनितिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img