देशगण्डकी प्रदेशविद्यार्थी शोषणको अन्त्य गर्दै पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा लगायो प्रतिबन्ध

विद्यार्थी शोषणको अन्त्य गर्दै पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा लगायो प्रतिबन्ध

पोखरा | पोखरा महानगरपालिकाले विद्यार्थीहरुमाथि हुने शोषणको अन्त्य गर्न ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा समितिको हालैको बैठकले एसईई पश्चात विद्यार्थीहरुलाई मोटो रकम असुली गरी सञ्चालन गरिने ब्रिज कोर्सलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको हो।

“हामीलाई धेरै समयदेखि नै ब्रिज कोर्सको नाममा विद्यार्थीहरुसँग मनपरी शुल्क असुल्ने गरिएको गुनासो आइरहेको थियो,” शिक्षा समितिका संयोजक रमेश लम्सालले भने, “हामीले यस अघि नै यस्तो कार्यलाई निरुत्साहित गर्न आग्रह गरेका थियौं, तर केही संस्थाहरुले हाम्रो आग्रहलाई बेवास्ता गरे।”

पोखरा महानगरपालिकाले विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म मात्र सञ्चालन गर्न अनुमति दिएको छ। प्रवेश परीक्षा आवश्यक भए पनि त्यसको नतिजा सोही अवधिमा सार्वजनिक गर्नुपर्नेछ। विद्यार्थी छनौट परीक्षामा भाग लिन चाहने विद्यार्थीलाई आफ्नै विद्यालयमा अनिवार्य रुपमा भर्ना लिनुपर्नेछ।

“विद्यार्थीहरुलाई शिक्षा शुल्कबाहेक थप शुल्क तिराउनु पर्ने बाध्यता हुनु हुँदैन,” लम्साल थपे, “ब्रिज कोर्सको नाममा गरिने थप शुल्क असुलीलाई रोक्न हामीले यस्तो निर्णय लिनुपरेको हो।”

पोखरा महानगरपालिकाको यो निर्णयलाई शिक्षाविद् तथा अभिभावकहरुले स्वागत गरेका छन्। विद्यार्थीको हितलाई ध्यानमा राखेर महानगरपालिकाले लिएको यस निर्णयले विद्यार्थीमाथि हुने शोषणको अन्त्य हुनेछ भन्ने आशा व्यक्त गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img