शिक्षाविद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष

विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष

शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ ।  केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको छ ।

केन्द्रले ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिँदै केन्द्रले विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जनाएको छ ।केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ।

विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष हुने र सोको निर्देशन सबै क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा दिनू भन्ने मिति २०६९ मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img