निर्वाचनचर्चित महानगर अपडेट : कसको पक्षमा कति मत ?

चर्चित महानगर अपडेट : कसको पक्षमा कति मत ?

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर भरतपुर माहानगर र काठमाडौं माहानगर अहिले अहिले निकै चर्चामा छ ।

दिउसोभर भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी थिईन तर अहिले एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् भने काठमाडौं महानगरपालिकाको मेयरमा सुरुवात देखिने बालेन साहले अग्रता लिएका छन्।

भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् ।नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् । सुवेदीले ३ मतको अग्रता लिएका हुन् । आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका
काठमाडौंमा १० हजार ४७ मत गन्दा बालेनले ३९ सय १८ मत पाएका छन् । प्रतिस्पर्धीसँग नेपाली कांग्रेसकी सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाएको मतयोग भन्दा बढी मत बालेनले पाएका छन् ।

बालेन्द्र साह (बालेन)ले ८ः१५ बजेसम्मको मत गणनामा दुबै प्रतिस्पर्धीको भन्दा ३५ मत बढी पाएका छन् । एमालेका स्थापितले २०३८ मत पाएका छन् भने कांग्रेसकी सृजना सिंहले १८२७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img