३ जेठ चितवन । भरतपुरमा मतगणनका क्रममा भएको विवाद मिलेको छ । यससँगै मतगगणना कार्य अघि बढेको छ ।
कस्ता मतलाई सदर गर्ने र कस्तालाई बदर गर्ने भन्नेबारेमा गठबन्धन र एमालेबीच असमझदारी भएपछि सर्वदलीय बैठब बसेर विवादको हल गरिएको हो । गठबन्धनले रुख र हसिया हथौडा दुवैमा स्वस्तिक चिन्ह लागेकालाई सदर मान्नुपर्ने र एमालेले उक्त मतलाई बदर गर्ने बताएको थियो ।
सर्वदलीय बैठकले मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब निकाल्ने निर्णय गरेको छ । त्यस्तै यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ ।
सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा जारी
मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले आग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन् ।
चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ६ हजार ९८२ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन् । उपप्रमुखमा उनले ४ हजार ६३८ मत पाएकी छन् ।



