निर्वाचनकाँग्रेसले जित्यो १४ मेयर, एमाले र माओवादीले कति जिते ?

काँग्रेसले जित्यो १४ मेयर, एमाले र माओवादीले कति जिते ?

काठमाडौं : स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे ९ बजेसम्म सत्तासीन नेपाली काँग्रेसले सबै पदमा अग्रता लिएको छ ।

काँग्रेसले २९३ मेयर पदमध्ये १४ मा जित हात पारेको छ । काँग्रेसले ८९ मेयर पदमा अग्रता बनाएको छ । यस्तै १० उपमेयर जितेको काँग्रेसले ६८ ठाउँमा अग्रता लिएको छ ।यस्तै नेकपा एमाले र माओवादी केन्द्रले ३ ३ मेयर पद जितेका छन् । यस्तै एमालेले ६१ र माओवादी केन्द्रले २१ मेयर पदमा अग्रता लिएको छ ।

एमालेले उपमेयरमा ७ मा जित्दा ७५ मा अग्रता लिएको छ । यस्तै माओवादीले ३ उपमेयर जित्दा २९ ठाउँमा अग्रता लिएको छ । अन्यले एकमा जित र ३१ मा अग्रता बनाएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img