चितवन : भरतपुर महानगरमा १९ हजार ७८८ मत गणना भएको छ ।
जारी मतगणनामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेनु ६६७८ मतसहित अग्रता लिँदा नेकपा एमालेका विजय सुवेदीले ६४५२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२५५ पाएका छन् ।
उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारी अग्रता फराकिलो बनाउँदै लगेकी छन् । उनले ८१२० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५३९६ मत पाएकी छन् ।



