अन्यसुन्दरहरैंचा वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका बिवस प्रधान सहित प्यानल...

सुन्दरहरैंचा वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका बिवस प्रधान सहित प्यानल नै विजयी

सुनसरी / माेरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर-२ मा नेपाली काङ्ग्रेसका २६ वर्षीय बिबश प्रधान सहित प्यानल नै बिजय बनेका छन् ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका झरीलाल माझी थारुलाई नेपाली कांग्रेसका बिबस प्रधानले १ सय २४ मतको अन्तरले कायम गर्दै बिजयी भएका हुन। बिबसले १ हजार ५७० मत तथा झरीलालले १ हजार ४६० मत प्राप्त गरेका छन् ।

त्यस्तै, माओबादी केन्द्रबाट महेशलाल माझीले १८५ मत प्राप्त गरेका थिय । खुल्ला सदस्यमा ओमनारायण चौधरी १ हजार ४४७ मत प्राप्त गरेका छन् । नन्द नारायण गच्छदार १ हजार ४१३ महिला सदस्य सीता खवास १ हजार ५१८, दलित महिला सद्स्य प्रमिला कुमारी बिक १५४० मत ल्याएर वडा सदस्यमा निर्वाचित बनेका छन् ।

२६ बर्षका प्रधान सुन्दरहरैंचामा कान्छो वडा अध्यक्ष बनेका हुन। यस वडामा गत स्थानीय तहकाे निर्वाचनमा पनि नेपाली काँग्रेसले वडा अध्यक्षमा जित हासिल गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img