सुनसरी / सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाउँदै लगेका छन् ।
मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार ६१४ मत ल्याएका छन् । २ हजार ८९० ले हर्क साम्पाङ अगि छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १२ हजार ७२४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारीले १० हजार ३६१ मत प्राप्त गरिन् ।
त्यस्तै, रास्ट्रीय प्राजातन्त्र पार्टीका मेयर उम्मेदवार नरेशकुमार शाक्यले १ हजार १७९ मत प्राप्त गरेका छन् । उपमेयरमा भने गठबन्धनको तर्फबाट माओबादी केन्द्रका अइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् । बेघाले १५ हजार ४७१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम लिम्बूले १४ हजार ८८ मत प्राप्त गरेका छन् ।
१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ नम्बर वडाको मतपरिणाम घोषणा भइसकेको छ । वडा नम्बर ११ र १३ को मतगणना जारी छ भने वडा नम्बर १५,१६ र १७ को मतगणना हुन बाकी छ ।



