देशबालिका ब'लात्का'रको आरोपमा म्यादी प्रहरी पक्राउ

बालिका ब’लात्का’रको आरोपमा म्यादी प्रहरी पक्राउ

७ जेठ, झापा । झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् ।

एक १४ वर्षीया बालिकालाई ब’ला’त्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल छन् । ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई ब’ला’त्कार गरेको आरोपमा पोख्रेल पक्राउ परेका हुन् । बालिका बे’होस भएपछि उनी फरार थिए ।

फरार रहेका पोख्रेललाई प्रहरीले खोजिरहेको भए पनि भेट्न सकेको थिएन ।

तर स्थानीय तह चुनावका लागि झापामा म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img