चितवन : भरतपुर महानगरपालिकामा बिहान ७ बजे सम्मको मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्राता कायमै राखेकी छिन ।
दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी हुन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३,४०३ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,२९० मत प्राप्त गरेका छन् ।
त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४,६४७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ४४,६४७ मत प्राप्त गरेकी छन् ।



