निर्वाचनसुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चाैधरी विजयी

सुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चाैधरी विजयी

सुनसरी / माेरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईं र नेकपा एमालेकी उपमेयर अकली चौधरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत कार्यालय सुन्दरहरैंचाका अनुसार केदारप्रसाद गुरागाईले २१ हजार ४ सय ५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । गुराँगाईका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शिवप्रसाद ढकालले २० हजार ६ सय ७८ मत ल्याएका छन् । ढकाललाई ७ सय २७ मतकाे अन्तरले पछि पार्दै गुरागाईं विजयी भएका हुन् ।

त्यसैगरी, नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी २२ हजार ४ सय ५२ का मतले सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् । निकटतम प्रतीद्वन्दी नेकपा माओवादी केन्द्रबाट उप प्रमुख पदका उम्मेद्वार नवराज चापागाईँले ११ हजार ३ सय मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा राप्रपा पार्टीका उम्मेद्वार सुमित्रा बस्नेतले २ हजार २ सय ४९ र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार महेशकुमार आचार्यले १ हजार २३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img