काठमाडौं : काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’झन्डै २० हजार मतले अगाडि छन। भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुबेदी भन्दा१० हजार ८९७ मतान्तरले अघि छिन ।
काठमाडौं महानगरपालिका
पछिल्लो मतपरिणामअनुसार शाहले ४७ हजार ०१९ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले २७ हजार १०५ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २७ हजार ९१६ मत पाएकी छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल सुरु देखी नै अगाडि छन् । उनले ४२ हजार ४२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १४ हजार २५२ मत पाएका छन् ।
भरतपुरमा महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन्। सोही पदमा राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन्।



