भोजपुर । भोजपुर नगरपालिकाका मेयरको लागि कैलाश कुमार आले पुन दोश्रो पटक स्थानिय तह निर्बाचन बाट निर्बाचित भए पछि बिपन्न परिवारलाई निशुल्क बिधुत लाईन जडान ,६० बर्ष माथिका जेष्ठ नागरिक र प्रसुती सेवाकालागी निशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासका क्षेत्रमा भएका अव्यवस्थित बिजुलीका तारलाई हटाएर एबिसी केवल लगाउने निर्णय भएको हो ।
भोजपुर नगरपालिका भित्र १२ वटा वडा मध्य नगरप्रमुख सहित ८ वडा नेपाली काङ्ग्रेस ,उपप्रमुख सहित ३ वटा एमाले र १ वटा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ ।
मेयर आलेले भने,”आफूले बिगतको ५ बर्षमा राम्रो अनुभव भएकोले बिगतको भन्दा नगरबासिलाई उत्कृष्ट कार्यगर्ने बताए । “