निर्वाचनयस्तो छ काठमाडौं महानगरको बिहान ६ बजे सम्मको मत परीणाम

यस्तो छ काठमाडौं महानगरको बिहान ६ बजे सम्मको मत परीणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ४८ हजार ९२२ मतका साथ अग्रस्थानमा छन् ।

साहलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार २५ मत ल्याएकी छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापित २९ हजार १५९ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २ हजार ९ सय ९६ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ३ सय ४४ मतमा चित्त बुझाएकी छिन् ।

त्यस्तै, यता काठमाडौंको उपमेयरमा भने एमाले डगमगाएको छैन । नेकपा एमालेकी सुनिता डंगोल ४४ हजार ७ सय ५ मतका साथ अग्रतामा छिन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले १५ हजार २ सय ८२ मत पाएका छन् । उनीहरुबीच २९ हजार ४ सय २३ मतको मतान्तर रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७ हजार २३ मत ल्याएकी छिन्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img