Wednesday, February 12, 2025
निर्वाचनमोरङ जिल्लामा करिब ६४ प्रतिशत मत खस्यो

मोरङ जिल्लामा करिब ६४ प्रतिशत मत खस्यो

सुनसरी / आज भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङमा करीब ६४ प्रतिशत मत खसेको छ ।

६ वटा निर्वाचन क्षेत्रमा करिब ६४ प्रतिशत मत खसेको हो । मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ४१ वटा मतदान केन्द्र छन् ।

मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि सोमबार बिहानबाट मात्रै मतगणना गर्ने तयारी छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

यस जिल्लामा कुल ७३५५२५ मतदाता रहेका छन् जसमा ३७४३२६ जना पुरुष छन् भने ३६११९३ जना महिला छन् । यस जिल्लामा ६ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्र १२ रहेका छन् । जम्मा मत गणना पछि आउने भएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस