Sunday, February 16, 2025
निर्वाचनसुनसरीको मतगणना आजबाट हुने

सुनसरीको मतगणना आजबाट हुने

सुनसरी / प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुनसरी जिल्लाभरका ४ वटै क्षेत्रका मतगणना आजबाट हुने भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मतगणना आजबाट हुने भएको हो ।

सबै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना केन्द्रमा आइसकेको छ । राति अबेरमात्र मतपेटिका मतगणनामा आएपछि आज सोमबार राजनीतिक दलहरूसँग सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी रहेको छ ।

सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा, सुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने भनिएको थियोे ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img