हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् ।
दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् ।
एमालेका उम्मेद्वार महेश बर्तौलाले ८ सय ७५ मत प्राप्त गर्दा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडाले ८ सय २६ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले ४ सय ५९ मत पाएका छन् ।
राप्रारपाका उम्जमेदवार जन मैनालीले २७ मत प्राप्त गरेका छन् ।