Saturday, February 15, 2025
निर्वाचनयस्तो छ डडेल्धुराको बिहान ८ बजे सम्मको मतपरिणाम

यस्तो छ डडेल्धुराको बिहान ८ बजे सम्मको मतपरिणाम

काठमाडौँ — डडेल्धुरामा बिहान ८ बजे सम्मको मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउवाले झन्डै ३ हजार मतको अग्रता लिएका छन् । 

देउवाले ५ हजार ७ सय ८७ मत प्राप्त उनका प्रमुख प्रतिस्पर्धी २ हजार ९ सय ९० मतले पछाडि छन् । डडेल्धुरामा देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल छन् । ढकालले २ हजार ७ सय ९७ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्ल १ हजार ६ सय ९० मत प्राप्त गरेर तेस्रो नम्बरमा रहेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img