निर्वाचनयी स्थानमा अझै हुन सकेन मतगणना

यी स्थानमा अझै हुन सकेन मतगणना

काठमाडौं – निर्वाचन आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको जनाएको छ ।

 आयोगका अनुसार मतपेटिका संकलन तथा पुनः मतदान हुन नसकेका लगायतका कारणले मतगणना हुन नसकेको हो । 

दोलखा र स्यांजा २ मा मतपेटिका संकलन सकिएको छ भने गुल्मीमा एक स्थानको पुनःमतदान सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । यस्तै डोटी, मुगु, हुम्ला र बाजुरामा पनि मतपेटिका संकलन भइरहेको छ भने सुर्खेत १ मा पुनः मतदान सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img