निर्वाचनज्ञानेन्द्र शाही चार हजार मतले अगाडि

ज्ञानेन्द्र शाही चार हजार मतले अगाडि

काठमाडौं – जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता कायमै राखेका छन्।

१४ हजार ८ सय ३ मत गणना गर्दा उनले ७ हजार ९ सय ५९ मत पाएका छन्।

यस्तै, गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा कुँवरले ३ हजार ५ सय ८३ मत प्राप्त गरेकी छिन् भने एमालेका रतननाथ योगीले एक हजार ८ सय २ मत पाएका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ४८ र माओवादीका बागी डाक्टर कलबहादुर रोकायाले १ सय ६८ मत प्राप्त गरेका छन्।

यद्यपि, रोकायाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img