निर्वाचनउदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी

उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी

सुनसरी / उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायामाझी प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । उनले १५ हजार २५१ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा पहिलो पटक उदयपुरमा एक जना विजयी भएका छन् ।

रायामाझीका प्रतिद्वन्द्वी नेकपा एसका जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे । यता, स्वतन्त्र उम्मेद्वारी दिएका रामकुमार राईले १० हजार ३७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img