निर्वाचनभोजपुर १ को प्रदेश सभामा राजेन्द्रकुमार राईको अग्रता कायमै, हरिबहादुर राई पछ्याउँदै

भोजपुर १ को प्रदेश सभामा राजेन्द्रकुमार राईको अग्रता कायमै, हरिबहादुर राई पछ्याउँदै

सुनसरी / भोजपुर निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एकिकृत समाजवादीका उम्मेदवारी राजेन्द्रकुमार राईले १२ हजार ७३ मतले अग्रता कायम राखेका छन् । भने नेकपा एमालेका उम्मेदवार हरिबहादुर राईले ८ हजार ५६८ मतका साथ दोस्रो स्थानमा छन् ।

राजेन्द्रकुमार राई तत्कालीन प्रदेश १ का मुख्यमन्त्री पनि हुन् । निकटतम प्रतिद्वन्द्वी उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार फुर्वा दोर्ची शेर्पा ५०० सय मत पाएका छन् ।

यता, भोजपुर क्षेत्र नम्बर २(ख) नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद राईले ८ हजार २०२ मत पाएर पहिलो स्थानमा छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खड्काबहादुर कार्कीले ७ हजार ६३४ मतले दोस्रो स्थानमा छन् । तेस्रो जनता समाजवादीका उम्मेदवार आसकुमार राईले ९९३ मत पाएका छन् ।

भोजपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मात्र रहेको छ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img