सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीमप्रसाद आचार्यले अग्रता गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार आचार्यले अहिलेको अपडेटमा १२ हजार ५७५ मत प्राप्त गरेर सुरूवाती अग्रता कायम राखेका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले लाल बिक्रम थापाले सुरूवाती देखिनै अग्रता राखेका थिय भने अहिले उनी दोस्रो स्थानमा छन् । उनले ११ हजार ३१५ मत पाएका छन्
आचार्यका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार नेपाली कांग्रेसका सिताराम मेहताले १० हजार ९६ मतले तेस्रो स्थान पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकोका उम्मेदवार दिनेशकुमार बस्नेतले २ सय ४३१ मत प्राप्त गरेका छन् ।
आचार्य प्रदेश १ का पुर्व मुख्यमन्त्री पनि हुन् ।प्रतिनिधि सभा तर्फ एमाले तीन ठाउँ अगाडि रहेको छ । ( रास्वपा) एक ठाउँमा अगाडि रहेको छ । सुनसरी क्षेत्र नं २ क मा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेत्रका खेलाडी मानिन्छन । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको छ ।