Saturday, May 24, 2025
निर्वाचनसुनसरी क्षेत्र २ प्रदेश सभामा द्वारिकलाललाई पराजित गर्दै एमालेका रेवती भण्डारी विजयी
spot_img

सुनसरी क्षेत्र २ प्रदेश सभामा द्वारिकलाललाई पराजित गर्दै एमालेका रेवती भण्डारी विजयी

spot_img

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेका रेवती रमण भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले १४ हजार ५२८ मत प्राप्त गरि विजयी भएका छन् भने एमालेबाट बिद्रोह गरी माओवादी प्रवेश गरेका इटहरीका पुर्व मेयर प्रदेश सभा सदस्य उम्मेदवारमा द्वारिकलाल चौधरीले ११ हजार ८४५ मत प्राप्त गरेका हुन् ।

भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन् । उनीहरूबीचमा २ हजार ६८३ मतान्तर रहेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेदवार मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरे भने नेपाली कांग्रेसबाट असन्तुष्ट भएर चुनाव चिन्ह रिक्साका स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले ३ हजार २०८ मत प्राप्त गरेका हुन् ।

सुनसरी २ प्रदेशमा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेत्रका खेलाडी मानिन्छन । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भएको हो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img