निर्वाचनमोरङ क्षेत्र २ प्रतिनिधि सभामा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी

मोरङ क्षेत्र २ प्रतिनिधि सभामा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी

सुनसरी / मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन दलतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

पोखरेल ३३ हजार १४८ मत प्राप्त गरि कोइरालालाई १ हजार २०८ मत अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका हुन् । यता, सुजाताका पिता समेत रहेका स्व गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img