Monday, May 19, 2025
निर्वाचनमाओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई
spot_img

माओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई

spot_img

काठमाडौं- समानुपातिकतर्फको जारी मत गणनामा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ। केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहँदै आएको थियो। अब माओवादी तेस्रो स्थानाम उक्लिएको छ।

शनिबार १२:३० बजेको तथ्यांक अनुसार एमालेले सबैभन्दा धेरै मत पाएको छ। कुल ६८ लाख ८३ हजार ७२४ मत गणना भइसक्दा एमालेले सर्वाधिक १८ लाख ९७ हजार २७ मत पाएको छ। गणना भइसकेको मतको आधारमा उसले पाएको मत २७. ५५ प्रतिशत हो।

त्यस्तै, कांग्रेसले १८ लाख ३० हजार ३६ मत पाएको छ। उसले पाएको मत २६. ५८ प्रतिशत हो। त्यस्तै, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख १ हजार ३७९ मत पाएको छ। उसले पाएको मत ११. ६१८ हो।

चौथो स्थानमा थकेलिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ७८२ मत पाएको छ। उसले पाएको मत ११. ६४१ प्रतिशत हो।

त्यस्तै, अहिलेसम्म गणना भएको मतको आधारमा राप्रपा र जसपाले पनि तीन प्रतिशत मत कटाएका छन्। उनीहरुले क्रमशः ५.९६ र ३. १८ प्रतिशत मत पाएका छन्।

एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २ प्रतिशतभन्दा केही बढी मत पाएका छन्।

मत गणना जारी छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img