सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि मतगणना रोकिएको छ ।
मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । भोलि आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी क्षेत्र ४ मा कांग्रेस प्रतिनिधिहरूले हिजो शुक्रबार राति एमालेका जगदीशप्रसाद कुसियैतलाई ६ सय ६ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो ।
काङ्ग्रेसका कार्की र एमालेका कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २३ हजार ४३९ मत पाएका छन् भने नेकपाका कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका हुन् ।