चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पार्दै फराकिलो मतान्तर कायम गरेका छन्।
मंगलबार बिहानसम्म गणना भएको साढे ४४ हजार सदर मतमध्ये लामिछाने एक्लैले ३१७४८ अर्थात् ७१.३७ प्रतिशत मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६३३५ अर्थात् १४.२४ प्रतिशत मत ल्याएका छन्।
तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ५७८५ मत पाएका छन्। अरू उम्मेदवारले ५ सय मत पनि कटाउन सकेका छैनन्। मतगणना जारी छ।
लाईभ अपडेट: