समाजचरा ठोक्किएर आगो लागेको थियो फ्लाई दुबईको जहाजमा
spot_img

चरा ठोक्किएर आगो लागेको थियो फ्लाई दुबईको जहाजमा

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको फ्लाई दुबईले जनाएको छ।

दुबई मिडिया अफिसका अनुसार फ्लाई दुबईले आफ्नो एफजेड ५७६ जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको हो।

विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भइसकेको छ। उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिए र सुरक्षित अवतरण गराए।

आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिएका हुन्। विमानले धादिङ धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।

फ्लाई दुबईको जहाजका कारण नेपाली आकाशमा केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img