काठमाडौं: बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्।
उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई २३८९ मतान्तरले पछि पारेका छन्।
पछिल्लो परिणामअनुसार यादवले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् भने कुशवाहाले ५ हजार ५ सय ७३ मत पाएका छन्।
नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ४ सय २२ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११४५ मतसहित चौथो स्थानमा छन्।
आम जनता पार्टीका अरूण ज्ञवालीले ५४९ मत पाएका छन्।
लाईभ अपडेट: