Thursday, July 17, 2025
मनोरञ्जनकबड्डी ४ लिक !

कबड्डी ४ लिक !

spot_img

काठमाडौं । जेठ १३ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ युट्युबमा लिक भएकाे छ ।

चलचित्रको क्लिप खिचेर अनलाइनमा नहाल्न अनुरोध र ताकेता गर्दागर्दै पनि पूरा चलचित्र नै युट्युबबाट बाहिरिएको हो ।

- Advertisement -

‘दयाहाङ राई सपोर्ट रम्पा इन्टरटेनमेन्ट’ नामको युट्युब च्यानलमा चलचित्रको हलमा खिचिएको भिडिओ पोस्ट भएको छ । च्यानलमा चलचित्रको डेढ घण्टाको भिडिओ हालिएको छ । याे समाचार तयार पार्दासम्म भिडिओमा ४७ हजार ३६७ भ्युज आइसकेको छ ।

यसैगरी ‘युके योन्जन’ नामकाे युट्यबु च्यानलमा पनि हलमा खिचिएको एक घण्टा छ मिनेटको भिडिओ अपलाेड भएकाे छ । जेठ १४ गते पोस्ट गरिएको उक्त भिडिओमा याे समाचार तयार पार्दासम्म एक लाख ८४ हजार ३२२ भ्युज आएको छ । चलचित्र निर्माण तथा वितरक टोली भने पाइरेसी घटनामा बेखबर भएकाे पाइएकाे छ ।

‘हलमा गएर चलचित्र हेर्ने दर्शकले क्लिपहरू खिचेर फेसबुक, टिकटक लगायत अनलाइन प्लेटफर्ममा क्लिपहरू हाल्दा चलचित्र क्षेत्र मारमा पर्छ । यसलाई रोक्न हामीले सक्दो प्रयास गरिरहेका छौं,’ कबड्डी-४ चलचित्रका वितरक गाेविन्द शाहीले टेकपानासँग भने, ‘यसरी डेढ घण्टासम्मकै भिडिओ अपलाेड भएकाे जानकारी आएको थिएन ।’

पूरा चलचित्रको भिडिओ नै युट्युबमा हाल्ने च्यानल/व्यक्तिविरुद्ध तत्काल कदम उठाउने उनले बताए । ‘१०-१५ सेकेन्ड सम्मको क्लिपलाई रोकेर सकिन्न भनेर हामीले छोडेका पनि हौं । तर पूरै भिडिओ राख्नेविरुद्ध कारबाहीमा जान्छाैं,’ उनले भने ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img