काठमाडौं: आज सामाजिक संजाल फेसबुकमा धरान उपमहानगरपालकिाका मेयर हर्क र काठमाडौं महानगरपालकिाका मेयर बालेन साहले दोहोरी ब्याटल खेलेका छन् ।
धरान उपमहानगरपालकिाका मेयर हर्क साम्पाङको एक स्टाटसप्रती काठमाडौं महानगरपालकिाका मेयर बालेन साहले व्यंग्य गरेका थिए ।
हर्क साम्पाङको जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थएिन रैछ १ कम्से कम काम त शुरु गरे १ भन्ने स्टाटसमा बालेनले तपाइकै लौरो चुनाब चन्हि लएिर मैले चुनाब पनी त जतिेको हो नी भन्दै प्रतकिृया दिएका छन् ।
मेयर बालेनको व्यंग्य पछी जवाफ स्वरूप हर्क साम्पाङले “आलोचना नै हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा!” भन्दै सामाजिक संजालमा पोस्ट गरे ।
त्यसपछि उनले फेरी “देशको राजधानीलाई थुप्रोले पुरेर राख्न पाइँदैन! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो” भन्दै लेखेका छन् ।
यी पोस्टहरु पछी सामाजिक संजाल तातेको छ । संजालमा ति पोस्ट र कमेन्ट सहितको स्क्रिनसट भाईरल भैरहेका छन् ।