Sunday, March 16, 2025
देशकोशी प्रदेशइटहरीको माइती नेपालमा तीन जनालाई इ-रिक्सा वितरण

इटहरीको माइती नेपालमा तीन जनालाई इ-रिक्सा वितरण

सुनसरी / इटहरी २ को माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ ।

जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि तुलसा अधिकारी, सिता शेर्पा राई र प्रमिला प्रधानलाई इ–रिक्सा प्रदान गरेको हो ।
साथै, सो कार्यक्रममा सिलाई कटाई सम्बन्धि सहभागीतालाई बिदाई पनि गरिएको हो ।

माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् । कार्यक्रमा संघीय सांसद सीताराम मेहताले माइती नेपालले गर्दै आएको कार्यको प्रसंसा गरेका हुन् । सो क्रममा माइती नेपालका निर्देशक विश्वराम खड्का, वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, महिला सञ्जालका अध्यक्ष कमला खड्कालगायतको सहभागीता थियोे ।

माइती नेपालको सहयोगमा इ-रिक्सा वितरणले गर्दा आफुहरूलाई गरिखान सहयोग भएको महिलाहरूले बताए । माइतीले महिलाको हक हितमा विगत लामो समय देखि क्रियाशिल माइती नेपालले समस्या परेका महिलाहरूलाई उद्दार गरि स्वरोजगारीमा जोड दिदै आएको छ । माइती नेपालको स्थापना सन् २००२ मा भएको हो ।

माइती नेपाल इटहरीको तथ्यांकअनुसार सन् २००२ यता अहिलेसम्म ५४२ जना महिलाहरूलाई विभिन्न विधाको तालिम लिएर आत्मनिर्भर भनेका छन् । आर्थिक रूपमा विपन्न र उद्वार गरिएका महिलाहरूलाई माइती नेपालले सिलाई कटाई इ-रिक्सा तालिम ब्युटी पार्लर जस्ता विषयमा सक्षम बनाएर आत्मनिर्भर बनाइदै आएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img