मनोरञ्जनदयाहाङ राईलाई पुत्रलाभ

दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं, कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ। उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।

दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै दयाहाङले अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताएका छन्।

दयाहाङले धेरै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। केहि समयअघि मात्र उनी अभिनित फिल्म ‘कबड्डी ४’ सुपरहिट भएको थियो। अहिले भने उनी रामबाबु गुरूङद्वारा निर्देशित ‘फूलबारी’ फिल्मको सुटिङमा छन्।

फिम्ल सुटिङमै व्यस्त रहेका उनी अहिले बसुन्धारास्थित इसान अस्पतालमा श्रीमती र बच्चाको हेरचाहका लागि पुगेका छन्। उनले केहि समय अब आमा र बच्चाका लागि दिने जनाए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img