Sunday, April 27, 2025
मनोरञ्जनदयाहाङ राईलाई पुत्रलाभ
spot_img

दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं, कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ। उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।

दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै दयाहाङले अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताएका छन्।

दयाहाङले धेरै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। केहि समयअघि मात्र उनी अभिनित फिल्म ‘कबड्डी ४’ सुपरहिट भएको थियो। अहिले भने उनी रामबाबु गुरूङद्वारा निर्देशित ‘फूलबारी’ फिल्मको सुटिङमा छन्।

फिम्ल सुटिङमै व्यस्त रहेका उनी अहिले बसुन्धारास्थित इसान अस्पतालमा श्रीमती र बच्चाको हेरचाहका लागि पुगेका छन्। उनले केहि समय अब आमा र बच्चाका लागि दिने जनाए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img