Monday, April 28, 2025
समाजदाइजोमा गाडी नदिएको भन्दै बैंक मेनेजरद्वारा श्रीमतीको ह'त्या!
spot_img

दाइजोमा गाडी नदिएको भन्दै बैंक मेनेजरद्वारा श्रीमतीको ह’त्या!

वीरगञ्ज (पर्सा) । वीरगञ्जका एक बैंकका म्यानेजरले माग अनुसार दाइजो नपाएको कारण श्रीमतिको ह’त्या गरेको आरोप माइती पक्षले लगाएका छन् ।

आज वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफ्नी बहिनीलाई बिहेमा गाडी दाइजोमा नदिएको भन्दै बारास्थित कलैया उपमहानगरपालिका–१ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगञ्जको श्रीपुरस्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक दीपेन्द्र प्रसाद जैसवारले परिवारसँग मिलेर ह’त्या गरेको आरोप लगाएकी हुन् ।

hattya srimatiko

उनले १२ वर्ष अघि बहिनी पिंकीको बिहेमा ससुराली पक्षले माग गरे अनुसार ४० लाख रुपैया, १० तोला सुन, कपडालत्ताहरु दिइजो दिँदासमेत उनीहरुले गाडीको माग गरेको र माइती पक्षले गाडी नदिँदा पिंकीले घरेलु हिंसा भोग्दै आएकी सपना कुर्मीले बताइन् । उनले लामो समयदेखि बहिनीमाथि भएको घरेलु हिंसाको विरुद्धमा आफूहरु प्रशासनमा जाँदा राजनीति दलहरुका ठूलठूला नेताहरुको दबाबमा मिलापत्र गराउन लागएको आरोप समेत लगाएकी छन् ।

पछिल्लो पटक गत भदौ २७ गते श्रीमान तथा परिवारको कुटाईबाट गम्भीर घाइते भएकी पिंकीको वीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि २८ गते चितवन मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेको कारण उनको चितवनमा टाउकोको शल्यक्रिया गरिएको थियो । पिंकीको स्वास्थ्य जटिल भएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा असोज २ गते मृत्यु भएको थियो ।

अस्पतालबाट प्राप्त पोस्टमार्टम रिर्पोट अनुसार उनको शरीरभरी चोटपटक लागेको र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको मृतकका भाइ मनिष कुर्मीले बताए । यसैबीच बारा प्रहरीले हत्या आरोपमा अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले गत असोज ४ गते महिलाको ह’त्या आरोपमा काका ससुरा जगत प्राद जैसवार, ससुरा मुरारी राउत जैसवार, सासु मन्तुरा राउत जैसवार, पति दीपेन्द्र प्रसाद जैसवारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img