सुनसरी | प्रदेश १ स्तरीय कबड्डी प्रतियोगितामा पुरुषतर्फ झापा र महिलातर्फ सुनसरीलाई स्वर्ण पदक मिलेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झापाको बिर्तामोडमा सम्पन्न भएको प्रदेश छनौट प्रतियोगिता अन्तर्गतको खेलमा पुरुषतर्फ सुनसरीलाई रजत पदक र मोरङ्ग र सोलुखुम्बुलाई कास्य पदक मिलेको छ ।
प्रदेश १ का १४ वटा जिल्लाको सहभागितामा भएको खेलमा महिलातर्फ सुनसरीले स्वर्ण पाएको छ भने मोरङले रजत पदक जित्न सफल भएको छ ।
त्यस्तै, महिलातर्फ धनकुटा र झापाले कास्य पदक जित्न सफल भएको छनौट कबड्डी तर्फकी सिनियर प्रशिक्षक पार्वती राईले बताइन् ।