सुनसरी \ मोरङको मिक्लाजुङ गाउँपालिका- १ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
विद्युत प्रशारण लाइनको तारमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा विद्युतको एउटा तार जलेर भुइँमा झर्दा स्थानीय ६५ वर्षीय रमेश राईलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उनको अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ ।