सुनसरी / गत बुधबार झापा र इलामको सिमानामा पर्ने चुलाचुलीमा एक व्यक्तिको हत्या गरेको आशङ्कामा तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा गुरुङमाथि खुकुरी प्रहार भएको थियो ।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाको अनुसन्धानका लागि नाम भने खुलाएको छैन । सो घटनामा अन्यको पनि संलग्नता भएको हुन सक्ने भएकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना व्यक्तिगत रिसईवीका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।