सुनसरी / ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को इटहरीको इलाइट सिनेमामा आयोजित बिशेष शोमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी बलका उच्च पदस्थ व्यक्तित्व,शिक्षण क्षेत्रका बिशिष्ट व्यक्तित्व, कलाकार,पत्रकार लगायतको उपस्थितिमा चलचित्रको बिशेष शो गरिएको हो ।
चलचित्र हेरेपछि सटिक प्रतिकृया दिदै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नेपाली चलचित्र हेरेर पहिलोपटक रूएको उल्लेख गरे । चलचित्र निर्माण युनिट तथम कलाकारको प्रसंशा गर्दै प्रमुख पौडेलले इटहरी उपमहानगरपालिकाले चलचित्र युनिटसँग सहकार्य गर्ने, ‘यो हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो, बिध्यालय तथा कलेजका बिध्यार्थीहरुलाई पनि देखाउन आवस्यक रहेको उनले बताए ।’
चलचित्र हेरेपछि प्रतिकृया दिएका सबैले चलचित्रको खुलेर प्रसंशा गरे । चलचित्र हेर्न निम्त्याइएका विभिन्न विद्यालयका प्रधानध्यापकहरुले चलचित्र ‘नालापानी’ आफ्ना विध्यार्थीहरुलाई देखाउने बताएका छन् । बिशेष शोमा आएको प्रतिकृयालाई मभ्यनजर गर्दै चलचित्र पुन रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । स्कुल तथा कलेजसँगको सहकार्यमा बिशेष छुट सहित विध्याथीहरुलाई चलचित्र देखाउने निर्देशक अधिकारीको भनाई थियो ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको छ । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने चलचित्रको निर्देशन रिमेश अधिकारीले नै गरेका हुन् ।
चलचित्र ‘नालापानी’मा सन्तोष पन्त,देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय रहेको छ ।