अन्य
    मनोरञ्जनभारतमा प्रदीप खड्कालाई डेब्यु अभिनेताको अवार्ड

    भारतमा प्रदीप खड्कालाई डेब्यु अभिनेताको अवार्ड

    काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

    भारतको आग्रामा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले उक्त अवार्ड हात पारेका हुन् ।

    ‘प्रेम गीत–३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मबाट उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप अहिले आग्रामा छन् ।

    प्रदीप स्वयंले पनि आफ्नो फेसबुकमा अवार्ड लिएको तस्बिर पोष्ट गरेका छन् । ‘प्रेम गीत–३’ असोज ७ गते भारत र नेपालमा एकसाथ रिलिज भएको थियो । भारतमा हिन्दीमा डविङ गरेर रिलिज हुने ‘प्रेम गीत–३’ पहिलो नेपाली चलचित्र हो ।

    ‘प्रेम गीत–३’मा मुख्य भूमिकामा प्रदीप खड्का छन् । ‘प्रेम गीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका