Thursday, March 27, 2025
देशकोशी प्रदेशउर्लाबारीमा आफ्नै मामाको ह'त्या भान्जाले गरे, भान्जा पक्राउ

उर्लाबारीमा आफ्नै मामाको ह’त्या भान्जाले गरे, भान्जा पक्राउ

सुनसरी / उर्लाबारीमा आफ्नै मामाको ह’त्या भान्जाले गरेका छन्। मोरङको उर्लाबारी नगरपालिका- ८ मा हिजो राति पाहुना आएका मामाको ह’त्या आरोपमा उर्लाबारी- ८ का २२ वर्षीय सुजन पाँचकोटी पक्राउ परेका हुन् ।

उनले धारिलो हतियार बाम्फोक दाउले टाउकोमा प्रहार गरेर ४२ वर्षीय मामा काजी महराको ह’त्या गरेको उर्लाबारी प्रहरी कार्यलयले जनाएको छ । खाना खाएर सुतेका उनीमाथि भान्जा बहिनीका छोरा सुजनले राति बाम्फोकले प्रहार गरेको थिए ।

निद्रामा रहेका बेला बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका उनको मृत्यु भएको हो ।

मामाको ह’त्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । ह’त्याको विषयमा थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img