Saturday, March 22, 2025
मनोरञ्जनहाँस्य टेलिशृंखला 'सक्किगोनि' सिजन ३ आजदेखि प्रसारण हुँदै

हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ सिजन ३ आजदेखि प्रसारण हुँदै

काठमाडौं: हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ को तेस्रो सिजन आज बिहीबारदेखि प्रसारण हुने भएको छ।

आज बेलुका ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुनेछ।

सिजन २ पछि केही समय विश्राम लिई दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको निर्माण टिमले बताएका छन्।

केही दिनअघि ‘सक्किगोनि’ को टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको थियो। मार्मिक टिजर सार्वजनिक गरे पनि ‘सक्किगोनि’ हाँस्य विधामा बन्ने बताएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको ‘सक्किगोनि’ मा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन्। कार्यक्रममा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियाना आचार्यलगायत कलाकारको अभिनय छ ।

कार्यक्रमलाई अर्जुन घिमिरे (पाण्डे) र कुमार कट्टेल (जिग्री) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img