मनोरञ्जन‘नेपाल आइडल’ सिजन ६ : गंगा सोनाम विजेता, २५ लाख रुपैयाँ पुरस्कार

‘नेपाल आइडल’ सिजन ६ : गंगा सोनाम विजेता, २५ लाख रुपैयाँ पुरस्कार

काठमाडौं | चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनको उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

सोनामले विजेतासँगै २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। सोही अवसरमा फस्ट रनरअप घोषित बबिता थापामगरले १० लाख रुपैयाँ जितिन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ हात पारिन्।

त्यस्तै, अभिनय खाती र मृनल मानन्धरले क्रमशः चौथो र पाँचौं स्थान हासिल गर्दै दुवैले १–१ लाख रुपैयाँ प्राप्त गरे।

फिनालेमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच कडा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रस्तुति र दर्शकको भोटका आधारमा अन्ततः सोनाम विजेता बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img