Thursday, January 23, 2025
फिचरसुदूरपश्चिम सरकारले भूकम्पका पीडितलाई एक करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

सुदूरपश्चिम सरकारले भूकम्पका पीडितलाई एक करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img